डा. धर्मराज उप्रेतीद्वारा राष्ट्रिय विपद् प्राधिकरणको पदभार ग्रहण, जाजरकोटका १८८ घर पुनर्निर्माण थालिने

८ श्रावण २०८३, शुक्रबार १६:१०

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले पदभार ग्रहण गरेका छन् ।

कार्यभार सम्हाल्ने क्रममा डा. उप्रेतीले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घरधुरीको पुनर्निर्माण प्रक्रिया शुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । उक्त निर्णयसँगै ती प्रभावित परिवारका लागि पुनर्निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको प्राधिकरणले जनाएको छ ।

मन्त्रिपरिषद्को २०८३ साउन ६ गते बसेको बैठकले डा. उप्रेतीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पदभार ग्रहणपछि डा. उप्रेतीले विपद् व्यवस्थापनलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउँदै पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*