महाराजगन्जमा इभी गाडीले बितण्डा मच्चायो, आठ वटा सवारीमा ठक्कर, आधा दर्जन घाइते

८ श्रावण २०८३, शुक्रबार २२:३५

काठमाडौं । विद्युतीय माध्यमबाट सञ्चालन हुने इभी माइक्रोबसले आज साँझ काठमाडौंको महाराजगन्जमा बितण्डा मच्चाएको छ । कारण खुल्न नसकेको दुर्घटनामा एक जनाको ज्यान गएको समाचार प्राप्त भएको छ भने घटनामा आधा दर्जन बढि घाइते भएका छन् । दुर्घटनामा लमजुङका रामकृष्ण अवालको मृत्यु भएको काठमाडौँ प्रहरी प्रवक्ता पवन भट्टराईले जानकारी दिए।

महानगरीय प्रहरी बृत्त महाराजगन्जले आज साँझको उक्त घटनामा करिब आधा दर्जन घाइतेलाई उद्धार गरी टिचिङ अस्पताल पठाइएको पुष्टी गरेको छ । करिब १५ जना यात्रु बोक्नसक्ने विद्युतीय सवारी साधन एक्कासी अनियन्त्रित भई सडकमा गुडिरहेका अन्य सवारी साधनहरुलाई ठक्कर दिएको थियो । घटनामा अन्य आठ वटा सवारी साधनमा क्षति पुगेको महाराजगन्ज प्रहरीले पुष्टी गरेको छ ।

घटना कसरी भयो भनेर प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै थप विवरण पछि आउने जनाएको छ । स्रोतका अनुसार हालसम्म घाइतेको नामावली तथा गम्भिर घाइतेको अवस्था सार्वजनिक गरिएको छैन ।

पछिल्लो समय विद्युतीय सवारी साधनका कारण दुर्घटना अत्याधिक बढिरहेको छ । उक्त घटनामा तेस्रो पक्ष बीमा दावी पर्ने देखिएको छ ।

आज साँझ प्रहरीले सार्वजनिक गरेको विवरणः-

विस्तृत: मिति २०८३।०४।०८ गते अं १९;१५ बजेको समयमा का.जि का.म.न.पा.वडा नं-०३ प्रहरी वृत्त महाराजगंज अगाडी सडक खण्डमा बसुन्धारा चोकबाट चाबहिल तर्फ जांदै गरेको जिल्ला लम्जुङ सिद्धी गा.पा वडा नं ०५ घर भई हाल का.जि कपन बस्ने बर्ष ५६ को रामकृष्ण हवाल ले चलाएको बाग्मती प्रदेश ०३-००१ज ०८१४ नम्बरको EV माईक्रो ले सोही दिशा तर्फ बाट आएका निम्न किसिमका सवारी साधनहरु लाई पछाडी बाट ठक्कर दिई निम्न किसिमका सवारी साधनमा क्षती र निम्न मानिषहरु लाई घाईते बनाई तत्काल उपचारको लागी बिभिन्न अस्पातालमा लगी उपचार भई रहेको ।
निम्न सवारी साधन र घाईतेहरु :-
१-EV माईक्रो चालक जिल्ला लम्जुङ सिद्धी गा.पा वडा नं ०५ घर भई हाल का.जि कपन बस्ने बर्ष ५६ को रामकृष्ण हवाल टिचिङ अस्पतालमा उपचारको क्रममा उपचारमा संलग्न चिकित्क द्धारा २०:१० बजे मृत्त घोषणा ।
२- बा प्र०२ ०५६ प ६३५५ नं को EV स्कुटी चालक र पछाडी सवार श्रीमान श्रीमती जिल्ला सिन्ढुपाल्चोक मेलम्ची न.पा वडा नं ०६ घर भइ हाल का.जि कपन बस्ने बर्ष ३७ को सरोज ढुंगाना आंखामा चोट अबस्था सामान्य । टिचिङ अस्पतालमा उपचार भई रहेको ।
३-EV स्कुटी पछाडी सवार निजको श्रीमती बर्ष ३५ कि बिनिता ढकाल दांया कुट्टा र बांया कानमा चोट अबस्ता सामान्य । टिचिङ अस्पतालमा उपचार भइ रहेको ।
४-बा ५५ प १०७८ नं को मो.सा चालक जिल्ला उदयपुर गर भई हाल का.जि धुम्बाराही बस्ने बर्ष ३३ को सुर्य मगर दांया कुइना र कम्मरमा चोट बोल्न सक्ने सामान्य । टिचिङ अस्पतालमा उपचार भइ रहेको ।
५- बा ५५ प १०७८ नं को मो.सा पछाडि सवार जिल्ला का.जि जोरपाटी घर भई बस्ने बर्ष ६१ को ज्ञान ब. सुनुवार बांया हात र बांया खुट्टामा चोट बोल्न सक्ने सामान्य । टिचिङ अस्पतालमा उपचार भइ रहेको ।
६- बा ४ ख ७८२४ नं को गाडीमा सवार जिल्ला कालिकोट घर भई हाल का.जि कपन बस्ने बर्ष ३५ को गणेश ब. शाही । कानमा चोट बोल्न सक्ने सामान्य । टिचिङ अस्पतालमा उपचार भइ रहेको ।
७-बा प्र ०१-००२ ज ९५०२ नं को ट्याक्सीमा सवार का.जि टोका न.पा ०६ गर भई बस्ने बर्ष ४४ कि पुर्ण गिरी । टाउको मा चोट अबस्था बोल्न सक्ने मध्यम । मेट्रो अस्पतालमा उपचार भई रहेको ।
क्षति भएको निम्न सवारी साधनहरु:-
१-बा ४ ख ७८२४ नं को भाडाको बस , पछाडीको भागमा क्षती ।
२-बा १ य २२८६ नं को TATA बिधुत कार्यालय बसुन्धाराको गाडी , पछाडीको भागमा क्षती ।
३-बाग्मती प्रदेश ०३-००१ज ०८१४ नम्बरको EV माईक्रो , अगाडीको भाग पुर्ण रुपमा क्षती ।
४- बा प्र०२ ०५६ प ६३५५ नं को EV स्कुटी , पछाडीको भागमा क्षती ।
५- बा ५५ प १०७८ नं को मो.सा , पछाडीको भागमा क्षती ।
६-बा ७१ प २९६९ नं को मो.सामा क्षती ।
७-बा ६४ प ३३११ नं को मो.सामा क्षती ।
८-बा २ ज २२०७ नंको ट्याक्सी , पछाडीको भागमा क्षती ।
९-बा प्र ०१-००२ ज ९५०२ नंको ट्याक्सी , पछाडीको भागमा क्षती ।
१०-बा प्र ०१-०३४ च ८८६४ नंको EV माईक्रो , पछाडीको भागमा क्षती ।
घटनाको बारेमा थप अ.अ कार्य भई रहेको ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*