लघुवित्तको चर्को ब्याज र शोषणविरुद्ध सडकमा पीडित
१० श्रावण २०८३, आईतवार १५:२८

काठमाडौँ । लघुवित्त पीडितहरूले वित्तीय शोषणको विरोधमा आइतबार बल्खुबाट र्याली निकालेका छन्।
पीडितहरूको संगठन किसान मजदुर आन्दोलन नेपालको आयोजनामा सुरु भएको र्याली बल्खुदेखि रत्नपार्कस्थित शान्तिबाटिकासम्म पुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार लघुवित्त संस्थाबाट भएको वित्तीय शोषणको अन्त्य, पीडितका समस्या समाधान तथा आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले र्याली आयोजना गरिएको हो।











