सामान्य झडप नियन्त्रण गर्न प्रहरीद्वारा बोलबम हिडेकामाथि सयौं राउण्ड गोली, एकको मृत्यु दर्जनबढी घाइते

काठमाडौं । गएराति सुनसरी देवानगञ्ज ३ मा अप्रिय घट्ना भएको छ । सामान्य घटनामा राज्यपक्षबाट सयौं राउण्ड गोली चलाई अत्याधिक बल प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ भने अन्य दर्जन भन्दा बढि घाइते भएका छन् । बोलबममा जान लागेका स्थानीयमाथी प्रहरीले ज्यादतीपूर्वक अत्याधिक बल प्रयोग गर्दा घटना भएको हो । आज विहान ७ देखि सुनसरीका विभिन्न स्थानमा कफ्र्यु आदेश जारी गरिएको छ ।
आज सोमबार मनाइने बोलबमको लागि सप्तकोशी जान हिडेका स्थानीय केही युवाहरुले डिजे बाजा बजाउँदै हिडेका थिए । सो क्रममा स्थानीयबासीले साउण्डका कारण डिस्टर्व भएको भन्दै विरोध सुरु गरेका थिए । विवाद बढेपछि दुवै पक्षका बीचमा सामान्य झडप भएको थियो । तर, प्रहरीले स्थीति नियन्त्रणमा लिने भन्दै लाठी चार्ज र टियर ग्याँस फालेर आफैले घट्नालाई आतंकित बनाउने प्रयास गर्यो र अन्तमा सयौं राउण्ड गोली चलाएको थियो ।
घटनामा एक जनाको निधन भइसकेको छ भने अन्य दुइ जना गम्भिर घाइते छन् । निधन हुनेमा कप्तानजञ्जका २४ बर्षिय ओम प्रकाश मेहता छन् । उनको टाउकोमा गोली लागेको थियो । नयाँ बानेश्वरमा झै प्रहरीले जनतामा टाउको, छाती र पेटमा गोली प्रहार गरेको देखिएको छ । प्रहरीतर्फ पनि ८ जना घाइते भएको बताइएको छ । घाइते प्रहरी मध्ये एक जनाको टाउको फुटेको छ । उनीहरुलाई प्रहरीले अत्याधिक बल प्रयोग गरेपछि भएको ढुंगामुढामा परेको अनुमान गरिएको छ ।

घाइते मध्ये २२ बर्षिय मिथलेश यादव, १८ बर्षिय अमलेश मेहता, २५ बर्षिय मिथलेश मेहता र २० बर्षिय अमित कुमार यादवको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरुमा रविन्द्र मेहता, अमित कुमार यादव, सुनिल कुमार मेहता, अमित कुमार यादव, सुनिल कुमार मेहता रहेका छन् । उनीहरुको बिराट नर्सिङ होममा उपचार भइरहेको छ । झडपमा प्रहरीतर्फ राकेश राईको टाइकोमा चोट लागेको छ भने अन्य ७ जना प्रहरीहरु सामान्य चोट लागेको छ ।
सुनसरी क्षेत्र नं २ का सांसद लाल बिक्रम थापाले प्रहरीले गोली चलाउनुपर्ने अवस्था नै नभएको र प्रहरीले गैर जिम्मेवार तरिकाले नागरिकमाथि ज्यादती गरेको आरोप प्रहरीकै सामुन्ने लगाएका छन् । सांसद थापाले राति नै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसँग टेलिफोन सम्पर्क गर्दा आफूले गोली चलाउन आदेश नदिएको र एसएसपीले फोन नउठाएर अरु कसैलाई फोन उठाउन दिएको भन्दै प्रहरीको भूमिका माथि न्र प्रश्न गरेका छन् ।
प्रहरीले कसको आदेशमा गोली चलाएको हो भनेर सांसद थापाको अगाडि जवाफ दिन सकिरहेको छैन । आखिर को हो निर्दोष नागरिकको हत्या गर्न गोली चलाउन आदेश दिने ? फेरि प्रश्न उठेको छ ।











