यस बर्ष सबैभन्दा पहिला लाभांश दिने कम्पनी को बन्यो ?

११ श्रावण २०८३, सोमबार ०८:०३

काठमाडौं । गत आर्थिक वर्ष ०८२र८३ को लाभांश सबैभन्दा पहिला सिद्धार्थ व्यवस्थित लगानी योजनाले घोषणा गरेको छ । साउन ८ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि इकाईधनीहरूलाई करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश साउन ८ गतेसम्म कायम इकाईधनीहरूका लागि मात्र हुने जानकारी योजना व्यवस्थापकले दिएको छ । यो योजना खुलामुखी प्रकृतिको योजना भएकाले लाभांश पुनः लगानी समेत गर्न सकिनेछ । यसर्थ इकाईधनीहरूले आफ्नो लाभांश ९कर तथा डिपि शुल्क पछिको० रकम समायोजित खुद सम्पत्ति मूल्यमा पुनः लगानी गर्न सकिने जानकारी योजना व्यवस्थापकले दिएको हो ।

पुनः लगानी योजनामा आफ्नो नाम दर्ता गरेका इकाईधनीहरूको हितग्राही खातामा सोझै पठाइने भनाई योजना व्यवस्थापकको छ । पुनः लगानी योजनामा सहभागी नहुने इकाईधनीहरूका हकमा भने नगद लाभांश हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिनेछ ।

आर्थिक वर्ष ०८१र८२ को लागि ८ प्रतिशत नगद लाभांश वितरण गरेको यस योजनाले यो वर्ष भने गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*