बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?
११ श्रावण २०८३, सोमबार १०:५९

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, १० ग्राम सुनको मूल्य दुई लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको हो ।











