ग्रामिण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल केसी चयन

११ श्रावण २०८३, सोमबार ११:३४

काठमाडौँ ।  ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन भएको छ। सञ्चालक समितिको साउन १० गते बसेको २३औँ बैठकले सञ्चालक डा. नहकुल के.सी.लाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो।

यसअघि संस्थाको २०८३ असार १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट नवगठित सञ्चालक समिति गठन भएको थियो। नवगठित सञ्चालक समितिका सदस्यहरूलाई २०८३ साउन १० गते सम्पन्न २३औँ बैठकमा नेपाल सरकार, अर्थ मन्त्रालयका प्रतिनिधि तथा सञ्चालक प्रेमराज पोखेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

नवगठित सञ्चालक समितिमा अध्यक्षका रूपमा डा. नहकुल के.सी. रहेका छन्। त्यसैगरी नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रेमराज पोखेल, नेपाल बैंक लिमिटेडको तर्फबाट सचिता पराजुली, लागत इन्भेष्टमेन्टको तर्फबाट माणिकरत्न शाक्य तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रमोद ज्ञवाली सञ्चालक रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*