मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो, कुनको कति ?
१२ श्रावण २०८३, मंगलवार १५:१५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अकंले घटेर २६९६.६७ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोठ ७३ लाख रुपैयाँको कारोबार भएको हो ।
आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६६ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ११२ रुपैयाँले बढेर ८६१ रुपैयाँ पुगेको हो ।
साथै, लक्ष्मी उन्नती कोषको ९.१० प्रतिशत, गरिमा समृद्धि योजनाको ४.३९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यी १० कम्पनीको सर्वाधिक बढ्यो












