स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको अधिकारमा परेको असरप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

१२ श्रावण २०८३, मंगलवार १६:१२

काठमाडौ। राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकारको उपभोगमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

नारायाणी अस्पताल वीरगञ्जका चिकित्सक डा। प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज देशभर स्वास्थ्य सेवा ठप्प पारेका छन् ।

आयोगले यसबारे स्थलगत अनुगमन गरेको सहसचिव एवं प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी गराएका छन् ।

‘स्वास्थ सेवामा अहोरात्र खटिने चिकित्सकहरूमाथि कुटपीट र अस्पतालमा तोडफोड हुनु निन्दनीय कार्य हो । यस प्रकारका कार्यबाट अराजकताले प्रश्रय पाउनुका साथै कानूनको शासनमाथि समेत चुनौती खडा गर्दछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसै घटनालाई लिएर चिकित्सकहरूद्वारा अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द गरिँदा बिरामीहरू उपचारबाट बञ्चित भएको पाइएको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*