धौलीगङ्गा पावरस्टेसनको बाँध खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
१२ श्रावण २०८३, मंगलवार १६:५७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बैतडीले धौलीगङ्गा पावरस्टेसनको सिस्ट सरसफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १४ गते बिहीबार अपराह्न ६ बजेसम्म (करिब ३६ घण्टा) धौलीगङ्गा पावरस्टेसनको सिस्ट सरसफाइका लागि बाँध खोलिने भएको हो ।
प्रशासनका अनुसार उक्त अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन अनुरोध गरिएको छ ।












