चार लघु निर्जीवन बीमा कम्पनीले एक वर्षमा गरे १ अर्ब ३२ करोडको व्यापार

काठमाडौं । हाल सञ्चालनमा रहेका चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
गत आर्थिक वर्ष २०८२/०८३ मा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक ३७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३२ करोड ५२ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ करोड ८१ लाख रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यीनै चार लघु निर्जीवन बीमा कम्पनीहरूले कुल ९५ करोड ३८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका थिए ।












