मोटर बीमाबाट मात्रै साढे १५ अर्ब बीमाशुल्क संकलन, अन्य बीमालेखबाट कति ?

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले गत आर्थिक वर्षमा कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले ३४ लाख ६७ हजार १६७ वटा बीमा पोलिसी जारी गरी उक्त व्यवसाय गरेका हुन् ।
कम्पनीहरूले सबैभन्दा धेरै व्यवसाय मोटर बीमाबाट आर्जन गरेको तथ्यांकले देखाएको छ । मोटर बीमाबाट कम्पनीहरूले गत आवमा १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
त्यसपति सम्पत्ति बीमाबाट १२ अर्ब २२ करोड ७३ लाख रुपैयाँ, इन्जिनियर तथा ठेक्काजोख्खा बीमाबाट १० अर्ब ७ करोड ५६ लाख रुपैयाँ, विविध बीमाबाट ५ अर्ब ३२ करोड ३ लाख रुपैयाँ र सामुन्द्रिक बीमाबाट ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
त्यसपछि हवाई बीमाबाट २ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ, कृषि तथा बाली बीमाबाट १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ र लघु बीमाबाट १ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
प्रदेशगत रूपमा हेर्दा बाग्मती प्रदेशबाट सर्वाधिक निर्जीवन बीमा व्यवसाय भएको छ भने त्यसपछि कोशी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशबाट बीमा व्यवसाय गरेको तथ्यांकले देखाएको छ ।












