सुरक्षाको माग गर्दै चिकित्सक सडकमा, देशभर सेवा बन्द

१३ श्रावण २०८३, बुधबार १४:२९

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपात र अस्पतालमा गरिएको तोडफोडको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सकहरूले बुधबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।

संघको आह्वानअनुसार देशभरका अस्पतालमा आकस्मिक सेवा सञ्चालनमा राखिए पनि अन्य स्वास्थ्य सेवा बन्द गरिएको थियो। आन्दोलनका क्रममा चिकित्सकहरू काठमाडौंको माइतीघरमा भेला भएर दोषीमाथि कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले घटना भएको पाँच दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कानुनी कारबाही नगरिएको आरोप लगाए। न्यायको माग गर्दै सम्बन्धित निकायमा पुगेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि समेत दुर्व्यवहार भएको उनले बताए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*