बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?
१३ श्रावण २०८३, बुधबार १५:१४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले घटेर २६८८.८८ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको ९७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता १२९ रुपैयाँले बढेर ९९० रुपैयाँ पुगेको हो ।
साथै, स्नो रिर्भसको ४.९० प्रतिशत, नबिल ब्यालेन्स्ड फन्ड–३ को ३.९१ प्रतिशत, खानीखोला हाइड्रोपावरको ३.६२ प्रतिशतले शेयर मूल्य बढेको छ ।












