कुमारी बैंकको २ लाख ५८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले हाल नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा राखेको हो ।
अतः उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।
सो शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । साथै तोकिएको समयसीमाभित्र बैंकका विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन प्राप्त नएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने पनि बैंकले स्पष्ट पारेको छ ।











