यस्तो छ विदेशी मुद्राको विनिमयदर
१४ श्रावण २०८३, बिहीबार ०७:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको खरीददर १५२.७४ रुपैयाँ र बिक्रीदर १५३.३४ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी आज युरोपियन युरोको खरीददर १७४ रुपैयाँ र बिक्रीदर १७४.६८ रुपैयाँ, अष्ट्रेलियन डलरको खरीददर १०६.०३ रुपैयाँ र बिक्रीदर १०६.४५ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ तोकिएको छ ।
त्यस्तै कतारी रियालको खरीदमूल्य ४१.९० रुपैयाँ र बिक्रीमूल्य ४२.०६ रुपैयाँ, यूएई दिरामको खरीदमूल्य ४१.५९ रुपैयाँ र बिक्रीमूल्य ४१.७५ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य १०.५३ रुपैयाँ र बिक्रीमूल्य १०.५७ रुपैयाँ कायम भएको छ ।












