राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेट
१४ श्रावण २०८३, बिहीबार ११:३१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भेटघाट गरेका छन् ।
अर्यालले आज बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर रामचन्द्र पौडेलसँग भेटघाट गरेका हुन् ।
भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार–विमर्श भएको थियो











