स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
१४ श्रावण २०८३, बिहीबार ११:२२

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन् । स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले प्याकुरेललाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन् ।
नियुक्तिपछि डा प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताको उपस्थितिमा बिहीबार बिहान डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।











