सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु

१४ श्रावण २०८३, बिहीबार १४:१४

काठमाडौँ ।  सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पर्न सक्ने निष्कर्षपछि जिल्ला सुरक्षा समितिको सिफारिसमा कर्फ्यु जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अन्तर्गत जारी गरिएको कर्फ्यु आदेश साउन १४ गते दिउँसो २ बजेदेखि लागू भएको हो।

प्रशासनले तोकेको क्षेत्रअनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म कर्फ्यु लागू गरिएको छ। त्यसैगरी उत्तरतर्फ गोलबजार–६ स्थित सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ मा रहेको रा.प्र.रा.प्र. बहुमुखी क्याम्पस आसपासको क्षेत्रसमेत कर्फ्युको दायरामा परेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*