यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१५ श्रावण २०८३, शुक्रबार ०६:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.८० रुपैयाँ र बिक्रीदर १५३.४० रुपैयाँ रहेको छ ।

त्यसैगरी यस दिन एक अष्ट्रेलियन डलरको खरीददर १०६.५६ रुपैयाँ र बिक्रीदर १०६.९८ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ र एक साउदी अरेबिनय रियालको खरीददर ४०.६९ रुपैयाँ र बक्रीदर ४०.८५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै एक कतारी रियालको खरीदमूल्य ४१.९१ रुपैयाँ र बिक्रीमूल्य ४२.०८ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३७.३६ रुपैयाँ र बिक्रीमूल्य ३७.५१ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य १०.६४ रुपैयाँ र बिक्रीमूल्य १०.६८ रुपैयाँ तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*