कप्तानगञ्ज घटानाका मृतकका परिवार र सरकारबीच सहमति, शहीद घोषणा र १० लाख क्षतिपूर्ति

१५ श्रावण २०८३, शुक्रबार ०७:२३

काठमाडौं । श्रावण १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतकको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ ।

कप्तानगञ्जमा दुई समुदायबीच भएको तनाब सिंगो तराई क्षेत्रमा फैलिंदै गएपछि त्यसलाई नियन्त्रणमा लिन गृहमन्त्री सुधन गुरुङ साउन १४ गते घटनास्थलमा पुगेका थिए । त्यहाँ पुगेर उनले मृतकद्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावकसँग सहमति गरेका हुन् ।

सहमतिअनुसार मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने, घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्ने, देवानगञ्जमा रहेको मदरसाको कानूनी हैसियतबारे छानबिन गर्ने सहमति भएको छ ।

त्यसैगरी मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगार उपलब्ध गराउने, छानबिन समितिको निष्कर्षअनुसार कारवाही अघि बढाउने, मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्मृति पार्क बनाउने र आज २ बजे मृतकको अन्तिम संस्कार गर्ने सहमति भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*