जनकपुरको रघुनाथपुरको हनुमान मन्दिरमा बन्ठु राउतको हत्या
१५ श्रावण २०८३, शुक्रबार १०:११

काठमाडौं । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा गएराति एकजना व्यक्तिको हत्या भएको छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ३ मलहनिया घर भई रघुनाथपुरमा रहेको हनुमान मन्दिरमा राति बस्दै आएका अन्दाजी ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो ।
प्रहरीले गएराति उनको धारिलो हतियारको प्रयोग गरी हत्या भएको जनाएको छ भने घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान कार्य अघि बढाएको जानकारी दिएको छ ।











