दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
१५ श्रावण २०८३, शुक्रबार १३:१६

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
दूरसञ्चारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार राति ललितपुरको धापाखेल क्षेत्रबाट भण्डारीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनलाई आज अदालत उपस्थित गराई अनुसन्धानका लागि म्याद थपको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











