नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

१५ श्रावण २०८३, शुक्रबार १४:०७

काठमाडौं । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर (कम्प्युटर) पदमा कार्यरत राकेश कुमार दासविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा दासले भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट इन्टरमिडियट तह र श्री वेंकटेश्वरा विश्वविद्यालय, तिरुपतिबाट ब्याचलर अफ इन्जिनियरिङ (कम्प्युटर साइन्स) उत्तीर्ण गरेको भन्दै झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी जागिर लिएको खुल्न आएको हो ।

नक्कली प्रमाणपत्रका आधारमा उनले इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिएर तलब, भत्ता तथा अन्य सुविधा समेत लिएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको माग गर्दै शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*