शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
१५ श्रावण २०८३, शुक्रबार १५:११

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९६ अकंले बढेर २६८५.५४ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ८८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २५ लाख रुपैयाँको कारोबार भएको हो ।
शुक्रबार १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता १७० रुपैयाँले बढेर १३०९ रुपैयाँ पुगेको हो ।
साथै, लक्ष्मी भ्यालु फण्ड २ को ८ प्रतिशत, जोशि हाइड्रोपावरको ६.७९ प्रतिशतले शेयर मूल्य बढेकोछ ।
यी १० कम्पनीको सर्वाधिक बढ्यो












