सरकार र लघुवित्त पीडितबीच दोस्रो दिन पनि वार्ता जारी

१५ श्रावण २०८३, शुक्रबार १७:११

काठमाडौं । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीचको दोस्रो दिनको वार्ता शुक्रबार अर्थ मन्त्रालयमा सुरु भएको छ।

यसअघि बिहीबार भएको पहिलो चरणको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि दुवै पक्ष पुनः छलफलमा बसेका हुन्। लघुवित्त पीडितहरूले आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै आन्दोलन जारी राखेका छन्।

लघुवित्त पीडितसँग संवादका लागि सरकारले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। सोही टोली र आन्दोलनरत पक्षबीच औपचारिक वार्ता भइरहेको हो।

सरकारी वार्ता टोलीमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। टोलीको सदस्य सचिवका रूपमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन्।

दुवै पक्षबीच जारी वार्ताबाट लघुवित्त पीडितका माग सम्बोधन तथा आन्दोलनको निकास खोज्ने प्रयास भइरहेको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*