वीरगञ्जमा पुनः निषेधाज्ञा
१५ श्रावण २०८३, शुक्रबार १७:४१

काठमाडौँ । पर्सा प्रशासनले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको जनाएको हो।
जारी आदेशअनुसार वीरगञ्ज महानगरपालिका भित्र तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकत्रित हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधि गर्न रोक लगाइएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्रको पूर्वी सीमा प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिमी सीमा तिलावे पुल, उत्तरी सीमा गण्डक चोक तथा दक्षिणी सीमा शंकराचार्य गेटसम्म निर्धारण गरिएको प्रशासनले जनाएको छ।












