डडेल्धुराको अजयमेरुका ७ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१७ श्रावण २०८३, आईतवार ०७:५३

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति, डडेल्धुराले अजयमेरु गाउँपालिका–२ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार लामो समयदेखि जग्गा उपभोग गर्दै आएका अव्यवस्थित बसोबासी परिवारलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्ने उद्देश्यले लालपुर्जा वितरण गरिएको हो ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरणको कामलाई तीव्रता दिएको मन्त्रालयले जनाएको छ ।

सरकारको अभियानअन्तर्गत सम्बन्धित जिल्ला तथा स्थानीय तहमा आवश्यक प्रक्रिया पूरा गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्ने कार्यलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*