गोलबजारमा कर्फ्यू खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला
१७ श्रावण २०८३, आईतवार ०९:०१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू खुकुलो बनाएको छ ।
प्रशासनले सुरक्षा अवस्थाको विश्लेषण गर्दै आज साउन १७ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यू खुकुलो गर्ने निर्णय गरेको हो । सुनसरीमा भड्एिको धार्मिक समुदायबीचको झडप यहाँ पनि फैलिएपछि प्रशासनले कर्फ्यू लगाएको थियो ।
कर्फ्यू खुकुलो पारिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालनमा आवश्यक सहजीकरण गरिने प्रशासनले जनाएको छ । यद्यपि कर्फ्यू खुकुलो भएको समयमा ५ जनाभन्दा बढीको समूहमा भेला हुन रोक लगाइएको छ ।












