विदेशमा बाँच्नु पर्या छ बोलको म्युजिक भिडियो सार्वजनिक

१७ श्रावण २०८३, आईतवार १३:५६

काठमाडौं । सङ्गीत क्षेत्रमा अलग्गै नाम कमाएका चर्चित गायक एवं पद्मभूषणबाट सम्मानित गायक उदित नारायण झा र दिपा नारायण झाको युगल स्वरमा रहेको गीतको म्युजिक भिडियो मेला डिजिटलबाट सार्वजनिक भएको छ ।

गीत विदेशमा रहेर देश, गाउँ घर र मायालुको सम्झनामा प्रस्तुत गरिएको छ । गीतका सर्जक भाषा साहित्य र कलाप्रति समर्पित रहेर विगत चार दशकभन्दा बढी नेपाली साहित्य, कलाको विकासमा आफ्नो जीवन खर्चिएका सुरेन्द्र महर्जन ‘अमर’ द्वारा सृजना गरिएको हो । उनका कविता, गीत, उपन्यास, कथा लगायत तीन दर्जन कृति प्रकाशित छन् ।

गीतको सङ्गीत सङ्गीतकार सन्तोष राज सहानीको रहेको छ भने म्युजिक भिडियोको निर्देशन जीवन शाहीले गरेको हो । मेला डिजिटलको च्यानलबाट गीत सार्वजनिक गरिएको छ । अभिनयमा दृष्य सुवेदी, रजनी के. सि, अप्सन राणाको अभिनय रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*