एसईई उत्तीर्ण ५० विद्यार्थीलाई बाकुननी पुचःद्वारा सम्मान
१७ श्रावण २०८३, आईतवार १४:०४

काठमाडौं । २१ वडा व्यापी १५औं एसईई सम्मान कार्यक्रम स्थानीय बाकुननी पुचःद्वारा आयोजना गरिएको छ ।
‘थोरै थोरै जोडौं शिक्षामा लगानी गरौं’ भन्ने मुल नाराका साथ पुचःका अध्यक्ष गौतम प्रधानले कार्यक्रममा स्थानीय २०८२ सालको एसईई उत्तीर्ण विद्यार्थीहरुको मनोवल बढाउनको साथै उच्च शिक्षामा निरन्तरता गर्न प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
स्थानीय विद्यार्थीहरु विभिन्न विद्यालयहरुबाट एसईई उत्तीर्ण ५० विद्यार्थीहरू सो कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो । मुख्य अतिथि बागमती प्रदेश संघीय सांसद कुल भक्त शाक्य, विशिष्ठ अतिथि पूर्वमेयर विद्या सुन्दर शाक्य र अतिथिमा बागमती प्रदेश संघीय सांसद नुरज बज्राचार्य लगायत २१ वडा अध्यक्ष उदय चुडामणी बज्राचार्य रहेका थिए ।











