आइसिएफसि फाइनान्सको नाफा करिब २१ प्रतिशत घट्यो, कस्ता छन् अन्य सूचक?

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षमा ३३ करोड ३० लाख रुपैयाँ कमाएको कम्पनीको खुद नाफा २०.६७ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ५९ करोड ४३ लाख रुपैयाँबाट बढेर ६४ करोड ५४ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ८१ करोड १३ लाख रुपैयाँबाट घटेर ८० करोड ६९ लाख रुपैयाँमा झरेको छ ।
यता सञ्चालन मुनाफा पनि ४७ करोड ४८ लाख रुपैयाँबाट घटेर ३७ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ भने वितरणयोग्य मुनाफा १४ करोड १७ लाख रुपैयाँ कायम भएको छ । प्रतिशेयर आम्दानी २८.१४ रुपैयाँबाट २२.३३ रुपैयाँमा झर्दा एनपीएल १.८४ प्रतिशतबाट १.५५ प्रतिशतमा झरेको छ ।
चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा ९१ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले १८ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ अर्ब २३ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.३२ रुपैयाँ रहेको छ ।











