जन्मदिनमा छोरालाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

१८ श्रावण २०८३, सोमबार ११:१७

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, वैवाहिक वर्षगाँठ लगायतका विशेष अवसरमा खर्चिलो उपहारभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यका साथ जीवन बीमा पोलिसी उपहार दिने संस्कार विस्तारै स्थापित हुँदै गएको छ। आर्थिक जोखिम व्यवस्थापन, बचत गर्ने बानीको विकास तथा दीर्घकालीन आर्थिक सुरक्षालाई प्राथमिकता दिने सोचका कारण यस्ता अभ्यासले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।

यही सकारात्मक अभियानलाई निरन्तरता दिँदै गौरीगङ्गा नगरपालिका–२, मोहन्याल टोल निवासी हरिना बोगटी र केशव कठायत दम्पतीले आफ्ना छोरा आयान कठायतको दोस्रो जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार प्रदान गरेका छन्। क्षणिक मनोरञ्जन र अनावश्यक खर्चभन्दा सन्तानको सुरक्षित भविष्य नै सबैभन्दा ठूलो उपहार हुने विश्वासका साथ उनीहरूले यो निर्णय गरेका हुन्।

दम्पतीका अनुसार बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानैदेखि योजनाबद्ध बचत र जोखिम व्यवस्थापन आवश्यक हुन्छ। यही सोचलाई व्यवहारमा उतार्दै उनीहरूले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सर्वसुलभ बालजीवन बीमा प्लस’ योजना खरिद गरी छोरालाई उपहार दिएका हुन्। उक्त योजनामा बच्चासँगै एक जना अतिरिक्त प्रस्तावकको समेत पूर्ण बीमा सुरक्षा रहने व्यवस्था भएकाले हरिना बोगटी प्रस्तावकका रूपमा सहभागी भएकी छन्।

उनीहरूले भविष्यका लागि गरिने सानो योजना नै सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै जन्मदिनमा गरिने अन्य खर्च क्षणिक खुसीमा सीमित हुने तर बीमा पोलिसीले दीर्घकालीन सुरक्षा र आर्थिक आधार प्रदान गर्ने विश्वास व्यक्त गरे।

उक्त बीमा पोलिसी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखामार्फत खरिद गरिएको हो। शाखा प्रमुख मोहनबहादुर बोहराले आयानलाई दोस्रो जन्मदिनको शुभकामना व्यक्त गर्दै दम्पतीले समाजका लागि अनुकरणीय र प्रेरणादायी कार्य गरेको बताए। उनले बालबालिकाको भविष्यप्रति अभिभावकको जिम्मेवारीबोध र आर्थिक योजनाबद्धताको उत्कृष्ट उदाहरणका रूपमा यस कार्यको प्रशंसा गर्दै औपचारिक रूपमा पोलिसी हस्तान्तरण गरेका थिए।

बीमा पोलिसी हस्तान्तरण कार्यक्रम अत्तरिया शाखाकी कुशल एजेन्सी दीपा मण्डेलको सहकार्यमा सम्पन्न भएको हो। मण्डेल स्वयं विमितको घरमै पुगेर जन्मदिनको शुभकामना व्यक्त गर्दै पोलिसी हस्तान्तरण गरेकी थिइन्।

पछिल्लो समय ‘सर्वसुलभ बालजीवन बीमा प्लस’ योजना अभिभावकमाझ लोकप्रिय बन्दै गएको छ। बालबालिकासँगै प्रस्तावकको समेत जोखिम बहन हुने विशेषताका कारण यो योजना धेरै परिवारको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक मानिन्छ। कम्पनीमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक लगायत प्रतिष्ठित संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको संलग्नता रहेको छ। आकर्षक बोनसदर, विश्वसनीय सेवा, सरल प्रक्रिया तथा ग्राहकमैत्री बीमा योजनाका कारण कम्पनीले पछिल्लो समय आम नेपालीबीच आफ्नो विश्वासिलो पहिचान थप सुदृढ बनाउँदै गएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*