जीवन बीमा कम्पनीहरूद्वारा १२ महिनामा २ खर्ब बीमाशुल्क संकलन, कुन कम्पनीले कति?

१८ श्रावण २०८३, सोमबार १२:०४

काठमाडौं । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीलेहरूले २ खर्ब १ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले साउनदेखि असार मसान्तसम्म गरी १२ महीनामा बीमा पोलिसी बिक्री मार्फत् उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

गत आवमा नेपालले सर्वाधिक ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ र एलआईसी नेपालले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यसपछि हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ, एशियन लाइफले १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यसपछि सिटिजन लाइफले ९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले ७ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ, मेटलाइफले ६ अर्ब ८६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*