गत आवमा लघु जीवन बीमकले गरे १ अर्ब २१ करोडको व्यवसाय

१८ श्रावण २०८३, सोमबार १२:५७

काठमाडौं । गत आर्थिक वर्ष (आव) मा नेपालमा सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमा कम्पनीहरूले १ अर्ब २१ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरको व्यवसाय गरी कुल बीमाशुल्क संकलन गरेका छन् ।

सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफले ४२ करोड ६९ लाख ८० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने दोस्रोमा क्रेष्ट माइक्रो लाइफले ४१ करोड ८० लाख ८९ हजार रुपैयाँ र तेस्रोमा लिवर्टी माइक्रो लाइफले ३६ करोड ५८ लाख २६ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा यीनै तीनवटा लघु जीवन बीमा कम्पनीहरूले जम्मा ७९ करोड २६ लाख ८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । त्यसबेला गार्डियनले ३१ करोड ५८ लाख २९ हजार रुपैयाँ, क्रेष्टले २९ करोड ३० लाख २२ हजार रुपैयाँ र लिवर्टीले १८ करोड ३७ लाख ५६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । यसरी एक वर्षमै लघु बीमा कम्पनीको व्यवसाय ५२.७६ प्रतिशतले बढेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*