सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोशीमा खस्यो
१८ श्रावण २०८३, सोमबार १३:२०

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा सुनकोशी नदीमा एउटा कार खसेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ परिचालन भएको हो ।
प्रारम्भिक विवरणअनुसार कारलाई बसले ठक्कर दिएपछि कार अनियन्त्रित हुँदै सुनकोशी नदीमा खसेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कारमा कति जना सवार थिए भन्ने विषय अझै पुष्टि हुन सकेको छैन। त्यसैगरी नदीमा खसेको कारको दर्ता नम्बर र ठक्कर दिएको भनिएको बसको नम्बरसमेत खुल्न बाँकी छ।











