परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

१८ श्रावण २०८३, सोमबार १४:१९

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो।

भट्टराईमाथि शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरी मानव तस्करीको सञ्जाललाई सहयोग गरेको आरोप लागेको छ। उक्त आरोपसँग सम्बन्धित अनुसन्धानका क्रममा सीआईबीले भट्टराईलाई पक्राउ गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*