सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
१८ श्रावण २०८३, सोमबार १५:१२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२० अकंले घटेर २६८४.३३ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड १४ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको हो ।
सोमबार १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता १९६ रुपैयाँले बढेर १५०५ रुपैयाँ पुगेको हो ।
साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ११.७७ प्रतिशत, माहुली लघुवित्तको ७.१६ प्रतिशत, श्रीनगरको ४.१३ प्रतिशतले शेयर मूल्य बढेको छ ।












