अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?
१९ श्रावण २०८३, मंगलवार ०७:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ ७ पैसाले घटेर खरीददर १५२.२५ रुपैयाँ र बिक्रीदर १५२.८५ रुपैयाँ कायम भएको छ ।
यसदिन एक युरोपियन युरोको खरीददर १७५.४४ रुपैयाँ र बिक्रीदर १७६.१३ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०८.४२ रुपैयाँ र बिक्रीदर १०८.८५ रुपैयाँ, एक यूएई दिरामको खरीददर ४१.४५ रुपैयाँ र बिक्रीदर ४१.६१ रुपैयाँ र एक ओमानी रियालको खरीददर ३९५.४४ रुपैयाँ र बिक्रीदर ३९७ रुपैयाँ तोकिएको छ ।












