डेपुटी गभर्नर छान्न अर्थमन्त्रीको छड्के चेक

२० श्रावण २०८३, बुधबार २१:००

काठमाडौं । झण्डै ६ महिनादेखि नेपाल राष्ट्र बैंकमा एक डेपुटी गभर्नर पद खाली रहेको छ । आज नै अर्थमन्त्री स्वर्णिम वाग्लेले दुई पटक कार्यकारी निर्देशकहरुसँग बैठक बसीसकेको छ ।

अर्थ मन्त्रालयको आयोजनामा आज नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी रहेको थियो । १८ जना कार्यकारी निर्देशकलाई छलफलको सुरुवातमै अर्थमन्त्री डा। वाग्लेले अनुभवी र राज्यका काबिल अर्थशास्त्री भनी सम्बोधन गर्दै तारिफ गरेर सुरु गरेका थिए ।

नेपाल राष्ट्र बैंकका गभर्नरको सिफारिसमा सरकारले डेपुटी गभर्नर नियुक्त गर्ने कानूनी व्यवस्था रा गभर्नरमा नियुक्तिका लागि चारजनाको नाम सिफारिस गरे पनि सरकारले किरण पण्डितलाई मात्रै नियुक्त गरको थियो ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको चाहनामा त्यसबेला एक डेपुटी गभर्नर नियुक्त भएका थिए । वाग्लेले विश्वास गरेका पात्र नभेटेकाले अर्को डेपुटी गभर्नर नियुक्त हुन नसकेको चर्चा छ ।

 

अर्थमन्त्री वाग्लेले अहिलेसम्म कहिल्यै नभएको अभ्यास शुरु गरेका छन् । इतिहासमै पहिलोपटक अर्थमन्त्री आफैँले राष्ट्रबैंकका कार्यकारी निर्देशकहरूसँग सामूहिक रुपमा प्रत्यक्ष बैठक गरेका छन् ।

त्यतिमात्रै होइन, बुधवार छलफल सुरु गर्नुअघि मन्त्री वाग्लेले ‘डेपुटी गभर्नर सिफारिस गर्नुपर्ने छ’ भनेको सहभागी एक कार्यकारी निर्देशकले बताए ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर सिफारिस गर्ने अधिकार गभर्नरलाई हुन्छ । तर, मन्त्री वाग्लेले आफ्नो विश्वासका मान्छे पहिचानका लागि सबै कार्यकारी निर्देशकसँग छलफल डाकेको स्पष्ट संकेत दिएका छन् ।

‘मैले त भेट्नैपर्ने पनि किन थियो भने तपाईंहरूमध्येबाट कसैलाई डेपुटी गभर्नर सिफारिस पनि गर्नुपर्ने छ,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै ती कार्यकारी निर्देशकले भने, ‘ त्यसो हुनाले चिन्नु नचिन्नुको भन्दा केही कुराहरू सुनौं, धारणा पनि बुझौं भन्ने हिसाबले सबैलाई बोलाएको हो ।’

नेपाल राष्ट्र बैंक ऐन अनुसार डेपुटी गभर्नरका लागि सबै कार्यकारी निर्देशक योग्य हुन्छन् । केन्द्रीय बैंकमा १८ कार्यकारी निर्देशक छन् ।

अर्थतन्त्र र वित्तीय क्षेत्रको समस्या र तिनको समाधानका लागि सुझाव माग्ने बहानामा अर्थमन्त्री वाग्लेले १८ कार्यकारी निर्देशकको अघोषित प्रारम्भिक अन्तर्वार्ता लिएको हुन सक्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*