ज्योति विकास बैंकले ‘एनसीएचएल–ईएफटी कार्ड सर्भिसेस्’ मार्फत नेपालपे कार्ड सुचारु गर्ने

२१ श्रावण २०८३, बिहीबार १२:१३

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसीएचएल बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सुचारु गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्धारा सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरिएको हो।

एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस–एनसीएस) सँग इन्टिग्रेट भइसकेको र उक्त सम्झौता पश्चात् बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरु र रुपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरु प्रोसेस गर्न सक्नेछन्।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यवसायिक रोलआउट शुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ।

एनसीएचएलको इएफटी सर्भिसेस् मार्पmत हाल ११ वटा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरु प्रोसेस गर्दै आइरहेका छन्। हालै इएफटी र नेशनल पेमेन्ट स्वीच बीचको इन्टिग्रेसनसंगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सकिने भएको छ। इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरुले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन्। हालसम्म नेपालपेमा ३६ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन्। ८ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड इस्यू गर्न शुरु गरिसकेका छन् भने ११ भन्दा बढि बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्डको अक्वायरिङ्ग शुरु गरिसकेका छन् भने यो क्रम बढ्दो छ।

नेपालका अग्रणी बैंकहरूमध्ये ज्योति विकास बैंकले १० लाख भन्दा बढि ग्राहक वर्गलाई विविध सेवा तथा सुविधा प्रदान गर्दै आएको छ। पछिल्लो समय बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ। देशभर बलियो उपस्थितिसँगै बैंकले आफ्नो १२१ शाखा, २ एक्सटेन्शन काउन्टर तथा ७५ वटा एटीएमहरु मार्फत सेवाको पहुँच विस्तार गर्दै कार्ड प्रयोगकर्ताको आधार पनि क्रमशः बढाउँदै लगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*