गगनको प्रशंसा हुने डरले सरकारले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको त हैनः सांसद गीता

२१ श्रावण २०८३, बिहीबार १४:३९

काठमाडौं । नेपाली काँग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेको हो । उनले तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाको पहलमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउँदा पहलकर्ताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन रु भन्दै प्रश्न गरिन्। उनले स्वास्थ्य बीमा कार्डको आधारमा उपचार गर्न गएका बिरामीले उपचार नपाएको तथा अस्पतालले समेत भुक्तानी मागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद देवकोटाले नागरिकको जीवनसँग जोडिएका विषयमा लाचार नभई लोक कल्याणकारी बनेर देखाउन समेत आग्रह गरिन् ।

उनले भनिन्, ‘स्वास्थ्य बीमाको नाम सुन्दा लाग्छ नागरिक सुरक्षित छन् । तर अस्पताल पुगेपछि थाहा हुन्छ कार्ड छ सेवा छैन । बीमा छ औषधि छैन । आश्वासन छ तर उपचार छैन । गगन थापाको पहलमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अहिले स्वास्थ्य बीमाकै बीमा गर्नुपर्ने अवस्थामा पुर्‍यायो । कतै यसको जन्मदाताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन रु बिरामी सोध्छन् बीमा गरेर के पाइयो रु अस्पताल सोध्छ भुक्तानी कहिले आउँछ रुतर सरकारका प्रतिवेदनमा भने सबै कुरा सुस्त देखिन्छ । सरकारलाई आग्रह छ कि भाषण होइन उपचार देऊ, प्रचार होइन औषधि देऊ, प्रतिवेदन होइन परिणाम देऊ । लाचारी होइन लोककल्याणकारी बनेर देखाउ सरकार । अध्यक्षज्यू यो जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकोले तत्काल कार्यान्वयनको लागि रुलिङ गरियोस् ।’

उनले स्वास्थ्य बीमा कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न सरकारलाई रुलिङ सभाका अध्यक्षको ध्यानाकर्षण गराइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*