एमबीएल इक्विटी फण्डद्वारा लाभांश घोषणा
२१ श्रावण २०८३, बिहीबार १७:२९

काठमाडौँ । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा रहेको एमबीएल इक्विटी फण्डले प्रतिफल घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।
एमबीएल इक्विटी फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशत अर्थात ९ करोड ७३ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । आगामी भदौ २ गते दर्ता किताव बन्द हुनेछ ।











