मुक्तिनाथ विकास बैंकको नाफा साढे १२ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचक कस्ता?

२७ श्रावण २०८३, बुधबार ०८:५४

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आवको अन्तिम अर्थात् चैथौं त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफा १२.४४ प्रतिशतले बढेको हो।

बैंकले गत आवमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जबकी बैंकले अघिल्लो आवमा १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाउन सफल भएको थियो। गत आवमा बैंकको खुद ब्याज आम्दानी पनि ४ अर्ब ५७ करोड ७५ लाख रुपैयाँबाट ३.६३ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

यद्यपि बैंकको खुद फी तथा कमिशन आम्दानी ५५ करोड ८१ लाख रुपैयाँबाट घटेर ५४ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। त्यसका बाबजूद बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब १९ करोड ५८ लाख रुपैयाँबाट बढेर ५ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

यता बैंकको प्रतिशेयर आम्दानी १९.१६ रुपैयाँबाट सामान्य घटेर १८.९८ रुपैयाँ कायम भएको छ भने खराब कर्जा २.९७ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६१.८२ रुपैयाँ कायम हुँदा वितरणयोग्य मुनाफा १ अर्ब ३५ करोड ४१ लाख रुपैयाँबाट घटेर ६७ लाख ५७ हजार रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी ७ अर्ब बाट बढेर ८ अर्ब रुपैयाँ पुगेको बैंकको रिजर्भ कोष ३ अर्ब ४० करोड रुपैयाँबाट बढेर ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। बैंकले लगानी विस्तारको क्रममा कर्जा प्रवाह ९७ अर्ब २२ करोडबाट १ खर्ब ५० करोड रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन १ खर्ब १७ अर्ब ४३ रुपैयाँबाट घटेर १ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*