अदालतको मुख्य सडकमा एक पीडित महिलाद्धारा आत्मदाह प्रयास

२७ श्रावण २०८३, बुधबार १५:२७

काठमाडौं । मिटरब्याजपीडित एक पीडित महिलाले आज ९बुधबार० जनकपुरमा अदालतको मुख्य सडकमा आत्मदाह प्रयास गरेकी छन् ।

जनकपुर उपमहानगरपालिका ४ घर भएकी फुलकुमारी रजकले आज ९बुधबार० धनुषा जिल्ला अदालतको मुख्य सडकमा आत्मदाहको प्रयास गरेकी हुन् ।

मिटरब्याज पीडितहरुले आज अदालत अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गर्ने क्रममा उनले शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले हस्तक्षेप गर्दै उद्धार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी मधुसुधन न्यौपानेका अनुसार उनलाई प्रहरीले उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल पठाएको जानकारी दिएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ ।

अदालतबाट न्याय नपाएको उनको गुनासो थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*