मुद्दा दायर भएको घटनाप्रति नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गम्भीर ध्यानाकर्षण

२८ श्रावण २०८३, बिहीबार १६:१७

काठमाडौँ ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गरिँदै आएको नियमित कामकारबाहीका विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले उक्त घटनाका कारण आफ्नो नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको स्पष्ट पारेको छ। बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको जनाउँदै बैंकले संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधिहरू पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध सञ्चालन भइरहनेमा ग्राहक तथा सरोकारवालालाई विश्वस्त गराएको छ।

बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल तथा वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगका लागि बैंकले अनुरोधसमेत गरेको छ। बैंकका सम्बन्धमा सार्वजनिक भइरहेका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकले सबैमा आग्रह गरेको छ।

बैंकले आफ्ना समस्त निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा अन्य सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव, विश्वास र निरन्तर सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोग र विश्वास कायम रहने अपेक्षा गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*