नाफा घटे पनि युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, कस्तो छ अन्य सूचकको प्रगति ?

२९ श्रावण २०८३, शुक्रबार ०७:३३

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफाबाहेकका अधिकांश सूचकमा सुधार देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष १७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा घटेर ६ करोड ३० लाख ९९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको नाफा साढे ६४ प्रतिशतले घटेको हो । जेनजी आन्दोलन र बाढी पहिरोको कारण आएको विपत्तिमा समेत कम्पनीले गरेको नाफा सन्तोषजनक देखिएको छ ।

कम्पनीको खुद बीमाशुल्क आर्जन अघिल्लो वर्ष १ अर्ब २३ करोड ९६ लाख रुपैयाँ रहेकोमा ७.९० प्रतिशतले बढेर १ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च ४.९४ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ भने लगानीबाट हुने आम्दानी ९ प्रतिशतले घटेर १ अर्ब ८० करोडरुपैयाँमा खुम्चिएको छ ।


कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड लाख रुपैयाँ पुगेको छ । बीमा कोषको आकार २३.९० प्रतिशतले बढेर ३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ पुगेको छ। कम्पनीले यस अवधिमा ४ लाख १९ हजार ५२६ वटा बीमा पोलिसी जारी गरेको छ ।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि गिरावट लागेको छ । अघिल्लो वर्ष ७.७१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी अहिले घटेर २.७३ रुपैयाँमा झरेको छ । हाल कम्पनीको प्रतिशेयर नेटवर्थ १८८.०१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*