चौथो त्रैमाससम्म आइपुग्दा गार्डियन माइक्रो लाइफको वित्तीय अवस्था कस्तो ?

३१ श्रावण २०८३, आईतवार ०९:५१

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस आर्थिक वर्षमा १६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३२.८३ प्रतिशतको गिरावट हो । अघिल्लो वर्ष कम्पनीले २३ करोड ९ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नाफामा देखिएको यो गिरावटसँगै प्रतिशेयर आम्दानी पनि ३.१९ रुपैयाँबाट घटेर २.१४ रुपैयाँमा झरेको छ । यद्यपि अघिल्लो वर्ष ११ करोड ४४ लाख रुपैयाँ रहेको जीवन बीमा कोष २९३ प्रतिशतले बढेर ४४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २३.४५ प्रतिशतले वृद्धि भई ४९ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

हाल ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस लघु जीवन बीमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०४.६१ रुपैयाँ कायम भएको छ । कम्पनीको कुल आम्दानी २२.०६ प्रतिशतले वृद्धि भई ५७ करोड ४७ लाख रुपैयाँ पुग्दा लगानी तथा कर्जाबाट हुने आम्दानीमा पनि २१.४९ प्रतिशतको सुधार देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*