वर्षदिनमा वाणिज्य बैंकको नाफा ७० अर्बः ४ को घट्दा एक ऋणात्मक, नबिललाई पछ्याउँदै कुमारी

३१ श्रावण २०८३, आईतवार १०:२५

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकले झण्डै ७० अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । २० वाणिज्य बैंकले सार्वजनक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.२७ प्रतिशत अर्थात् १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

सर्वाधिक नाफा आर्जन गर्ने बैंक नबिल बैंक पहिलो बनेको छ । बैंकले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नबिलपछि कुमारी बैंकले ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३०५.९६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको कुमारी बैंकले एक वर्षमै नाफामा उल्लेख्य सुधार गरेको छ ।

ग्लोबल आइएमई बैंक ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफासहित तेस्रो स्थानमा रहेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २२.६७ प्रतिशतले बढेको छ । यस्तै, एभरेस्ट बैंकले ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा ४.७५ प्रतिशतले बढेको हो ।

राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६०.६८ प्रतिशतले वृद्धि भएको छ । नेपाल बैंकले पनि ४ अर्ब ५० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । नेपाल बैंकको नाफा ४६.२० प्रतिशतले बढेको हो ।

प्राइम बैंकले ४ अर्ब ११ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा २८.४९ प्रतिशतले बढेको छ । यस्तै, एनएमबी बैंकले ४ अर्ब १ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४०.६० प्रतिशतले वृद्धि भएको हो ।

सानिमा बैंकले ३ अर्ब ५५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा ३८.०१ प्रतिशतले बढेको छ । सिद्धार्थ बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । सिद्धार्थ बैंकको नाफा भने ४.५४ प्रतिशतले मात्रै बढेको छ ।

लक्ष्मी सनराइज बैंकले ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तर बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २३.२६ प्रतिशतले घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा ५.३९ प्रतिशतले घटेको हो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ रहेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३६.५९ प्रतिशतले घटेको छ । कृषि विकास बैंकले २ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा १२.२४ प्रतिशतले बढेको छ । सिटिजन्स बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सिटिजन्स बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६३.०५ प्रतिशतले बढेको छ ।

नेपाल एसबीआई बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा १२.८९ प्रतिशतले वृद्धि भएको छ । हिमालयन बैंकले १ अर्ब ४८ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा हिमालयन बैंकको नाफा १०४१.१६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष १२ करोड ९७ लाख रुपैयाँ मात्रै नाफा कमाएको बैंकले यस वर्ष नाफामा ठूलो सुधार गरेको हो ।

एनआईसी एशिया बैंकले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ घाटामा रहेको बैंक यस वर्ष नाफामा फर्किएको हो ।

प्रभु बैंक भने यस अवधिमा घाटामा गएको छ । बैंकले २४ करोड १२ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रभु बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १२७.६६ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*