वाणिज्य बैंकहरुको लाभांश दिने क्षमता ३७ प्रतिशतसम्म, पाँचको शून्य, कुनको कति ?

३१ श्रावण २०८३, आईतवार १२:१६

काठमाडौं । सूचीकृत वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक वित्तीय विवरणका आधारमा सेयर लगानीकर्ताले आफूले पाउने लाभांश अनुमान गर्न सहज हुन्छ । अपरिस्कृत वित्तीय विवरणका आधारमा यो वर्ष पनि पाँच बैंक लाभांश दिन नसक्ने स्थितिमा छन्
नेपाल इन्भेस्टमेन्ट मेगाको लाभांश क्षमता धनात्मक मात्रै रहेकाले सो बैंकले पनि नदिने सम्भावना उच्च छ ।

औसतमा सूचीकृत वाणिज्य बैंकले दिन सक्ने लाभांश क्षमता १५ प्रतिशत छ । कर्जा अशुलीमा बैंकहरु सफल भएसँगै यो पटक लाभांश क्षमता बढेको छ । एभरेस्टले सबैभन्दा धेरै ३७ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ।

गत आर्थिक बर्षमा पाँच वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । वितरणयोग्य नाफा ऋणात्मक भएको कारण पाँच बैंकको लाभांश दिने क्षमता शून्य रहेको छ।
एनआइसी एशिया बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँले ऋणात्मक छ।

त्यस्तै, हिमालयन बैंकको ९ अर्ब ८४ करोड १ लाख, प्रभु बैंकको ६ अर्ब ३१ करोड ३१ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ। अघिल्लो वर्षको तुलनामा सिद्धार्थ र सानिमा बैंकको वित्तीय सूचकमा सुधार देखिए पनि अन्य केही बैंकहरूको वितरणयोग्य नाफामा दबाब कायम रहेको छ।

 

अपरिस्कृत वित्तीय विवरणको आधारमा कायम भएको बैंकहरुको लाभांश क्षमता अन्तिम लेखा परिक्षण पछि नेपाल राष्ट्र बैंकमा पेश गर्दा कर्जा नोक्सानी (प्रोभिजन) लगायतमा खर्च बढ्मा क्षमता दुम्चिन पनि सक्छ।

साथै, केही बैंकहरुले आफ्नो क्षमताअनुसार सबै लाभांश वितरण नगरि रिजर्भमा राखेर केही प्रतिशतमात्रै लगानीकर्तामा वितरण गर्न सक्छन्।

लाभांश सबैभन्दा धेरै दिने क्षमता भएको बैंकमा एभरेष्ट बैंक रहेको छ । भने नेपाल मेगा इन्भेष्टमेन्ट बैंक।एनआईसी बैंक, हिमालयन बैंक, प्रभु बैंक र कुमारी बैंकको लाचांश क्षमता शून्य रहेको छ।
कतिपय बैंकको नाफा उच्च देखिए पनि लाभांश क्षमता कमजोर छ । प्राप्त भइनसकेको आम्दानी पनि नाफामा देखिने तर वितरणयोग्य नहुने भएकाले नाफा उच्च भए पनि लाभांश क्षमता नहुने गरेको छ । सेयर लगानीकर्ताका लागि कम्पनीको नाफाभन्दा वितरणयोग्य नाफा महत्त्वपूर्ण हुन्छ ।

आर्थिक वर्ष सकिएको तीन महिनाभित्र वाह्य लेखापरीक्षण गर्नुपर्ने व्यवस्था छ । वित्तीय विवरणको वाह्य लेखापरीक्षण गरिसकेपछि अपरिस्कृत अहिलेको नाफा, लाभांश क्षमता लगायत धेरै सूचक हेरफेर हुन सक्नेछन् । वास्तविक लेखापरीक्षण सकिएपछि बैंकका सञ्चालक समितिले औपचारिक बैठकमार्फत सेयरधनीलाई क्षमताका आधारमा धमाधम लाभांश घोषणा गर्नेछन् ।

घोषित लाभांश नगद वा बोनस सेयरका रुपमा हुन सक्नेछ । वाणिज्य बैंकहरुले पुस मसान्तभित्र साधारणसभा गरी घोषित लाभांश पारित गर्दछन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने व्यवस्था छ ।
साधारणसभाबाट लाभांश पारित गरेपछि मात्रै लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*